बागलुङका पार्टी कार्यालयमा तोडफोड

बागलुङ । बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरूले राजनीतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पुर्‍याएका छन् । उनीहरूले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् । एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरूले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी…