मदनले चुनाव प्रचारका लागि लिएकाे घरमा विद्याकाे सम्पर्क कार्यालय

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् । उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको उक्त घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् । उक्त घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ । ‘अहिले फर्निचरसहित सामानको व्यवस्थापन भइरहेको…