संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ । समिति सभापति तुलसाकुमारी दहालले मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक पेस गरेकी हुन् । प्रतिवेदन पेस भएपनि विधेयकमाथि औपचारिक छलफल सुरु भएको छैन । प्रतिवेदन पेस भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी ऐनलाई संशोधन…