कसैले फेसबुकमा स्टाटस लेखेको भरमा कारबाही हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानूनी दायराभन्दा बाहिर नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने बताए । उनले भने, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मानिसहरूको फेसन हुने…