काठमाडौं । नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १० घण्टा चल्यो । मध्यरात सकिएको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा बहुत चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने निर्णय गरेको थियो । सचिवालयमा बहुमतका आधारमा भएको निर्णयले एमालेभित्र विवादको नयाँ शृंखला सुरु भएको छ…