रुपन्देही–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर निर्वाचन कार्यक्रमबारेमा जानकारी गराएको हो । आयोगका अनुसार असोज ११ गते उम्मेदवारको मनोनयन दर्ता र सूची प्रकाशित हुनेछ । असोज २२ गते सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।…