काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको भन्दै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेको छ । एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत रहेको र यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको निष्कर्ष निकालेको…