काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भनाभन भएको छ । सिहदरबारमा शुक्रबार बसेको समिति बैठकमा कांग्रेस सांसदसमेत रहेका शर्मा र कांग्रेसबाटै राज्यमन्त्री बनेका तामाङबीच विवाद भएको हो । महामन्त्री शर्माले तामाङको निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा…