काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल भईसकेको बताउदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे ।…