सिआइबीले धनराजसँग गर्‍यो दोस्रोपटक ४ घन्टा सोधपुछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ गरेको छ । सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार सिआइबीले गुरूङसँग ४ घन्टा बढी बयान लिएकाे हो । गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन् । उनले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन् । यसअघि २८ कात्तिकमा सीआईबीले…