नेकपा एस लक्षित ओलीको टिप्पणी : मर्ज गरे हुन्छ तर एकताका नाममा बार्गेनिङ चल्दैन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै एकताका नाममा बार्गेनिङ नचल्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियू निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो नीति र नेतृत्व स्वीकार गरेर आउँछन् भने ठिक छ,तर बार्गेनिङ चल्दैन ।’ अध्यक्ष ओलीले समाजवाद नामका…