प्रधानमन्त्री अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक काँग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका वालेन्द्र शाह (बालेन) लगातार दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक बहिष्कार गरेको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा काँग्रेसका तर्फबाट सहभागी हुने सांसदहरू अनुपस्थित रहेका थिए। बैठकमा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निष्कल…