काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाएको भन्ने विषयमा ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ । सचिवालयले सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाएको तथा भविष्यमा पनि त्यसो नहुने स्पष्ट गरेको हो । प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको भीड देखेपछि व्यवस्थापन र सुरक्षा अवस्थाबारे सुरक्षाकर्मीसँग प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषयमा…