गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसंघ

जेनेभा । चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको…