अबको ५ वर्षमा औसत तापक्रम वृद्धि १.५ डिग्रीभन्दा बढी हुने राष्ट्रसंघको अनुमान

काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको बताएको छ । राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार पूर्वऔद्याेगिक समयको तुलनामा विश्वव्यापी औसत तापक्रम १ दशमलव ५ डिग्रीले बढ्ने सम्भावना ७० प्रतिशत रहेको छ…