न्युयोर्क । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए । “गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले…