काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष उच्चस्तरीय वार्ता गर्न लागेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यस्तो आश्चर्यजनक घोषणा गर्दै उनले आउँदो शनिवार प्रत्यक्ष वार्ता गर्न लागेको जानकारी गराएको समाचार संस्था एएफपीले जनाएको छ । ट्रम्पले इरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा…