आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट हानिएका ब्यालेस्टिक मिसाइलहरूले देशलाई लक्षित गरेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार वायु प्रतिरक्षाले तीमध्ये धेरै मिसाइल सफलतापूर्वक अवरोध गरेको छ । सरकारी वक्तव्यअनुसार अवरोधपछि खसेका छर्राले आबुधाबीको एक आवासीय क्षेत्रमा भौतिक क्षति पुर्याउनुका साथै एसियाली मूलका एक व्यक्तिको मृत्यु भएको छ । मन्त्रालयले उक्त आक्रमणको कडा शब्दमा निन्दा…