हमासले भोलि २ बालकसहित ४ बन्धकको शव हस्तान्तरण गर्दै

हमासले भोलि बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू- शिरी र उनका साना छोराछोरी ९ महिनाका कफिर र ४ वर्षका एरियल पनि समावेश हुनेछन् । उनीहरुलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासले आरोप लगाएको छ ।…