इयुको प्रविधि क्षेत्रको विकासमा जर्मनीद्वारा महत्त्वपूर्ण सहायता

ब्रसेल्स । युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ ‘इन्फिनोन सेमीकन्डक्टर’ उत्पादन कारखाना निर्माण गर्न ९० करोड यूरो रकम बराबरको जर्मन सहायतालाई अनुमोदन गरेको छ । “यो नयाँ निर्माण प्लान्टले युरोपेली सङ्घ (इयु) को उत्पादन क्षमतामा वृद्धि ल्याउनेछ । यसले सेमीकन्डक्टर प्रविधिमा आपूर्ति र प्राविधिक स्वायत्तताको युरोपको सुरक्षालाई सुदृढ पार्नेछ,” आयोगको एक विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।…