के फेसबुकको पतन सुरु भएको हो ?

सोसल मिडिया प्लेटफर्म फेसबुक गत शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेबु्रअरी २००४ मा भएको थियो । यो कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका युजर्स संख्या घटेको हो । फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवक्र्स (पहिला यसलाई फेसबुकको नामबाट चिनिन्थ्यो)ले २०२१ को अन्तिम त्रैमासिकमा यसका एक्टिभ युजर्स १९३ करोडबाट घटेर १९२.९ करोड भएको जानकारी…