ढाका । बंगलादेशको सर्वोच्च अदालतले बुधवार पूर्वप्रधानमन्त्री खालिदा जियालाई सफाइ दिएको छ । उनी विरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको थियो । भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै जियासामु चुनावमा उम्मेदवारी दिने बाटो खुलेको छ । बंगलादेशको अन्तरिम सरकारले यस वर्षको डिसेम्बरमा वा सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा निर्वाचन गर्दैछ । यतिबेला जिया उपचारका लागि लन्डनमा छिन् ।…