युक्रेनसँगको युद्धमा ज्यान गुमाउने रुसी सैनिकको संख्या ७० हजार नाघ्यो

काठमाडौं । युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको पाइएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ । ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य…