अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेकी छिन् । उनी ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएकी थिइन् । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ ।…