जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु

टोक्यो । जापानका यातायातमन्त्रीले मंगलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँच जनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने । जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि…