दक्षिण सुडानमा जातीय समुदायबीचको झडपमा ५६ जनाको मृत्यु

जोहेनसवर्ग । दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका छन् । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ ।  गुमुरुक काउन्टी र…