काठमाडाैं । इरानले ग्यासको आपूर्ति पूर्ण रूपमा स्थगन गरेपछि इराकमा चार हजार पाँच सय मेगावाटसम्म विद्युत् उत्पादन घटेको इराकी विद्युत् मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इरानले आपतकालीन अवस्थाको कारण देखाउँदै ग्यास आपूर्ति रोक्ने निर्णय गरेको हो । ग्यास अभावका कारण उत्पन्न सङ्कटलाई न्यूनीकरण गर्न इराकी विद्युत् मन्त्रालयले तेल मन्त्रालयसँग समन्वय गरी स्वदेशी वैकल्पिक इन्धन…