काठमाडौँ । अखिल भारतीय मेडिकल प्रवेश परीक्षा (NEET-UG) को प्रश्नपत्र बाहिरिएको (पेपर लीक) प्रकरणलाई लिएर देशभर विद्यार्थीहरूको विरोध प्रदर्शन जारी रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीहरूमाथि छिटो र कडा कारबाही गर्न ‘फास्ट ट्र्याक कोर्ट’ (द्रुत अदालत) गठन गर्ने घोषणा गरेका छन् । विद्यार्थीहरूको आन्दोलनका बीच प्रधानमन्त्री मोदीले देशका युवाहरूको हित र भविष्य नै सरकारको…