अफगान आक्रमणमा अमेरिकाको समर्थन

इस्लामाबाद । अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ । यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ । पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको…