तस्करीको अडियो सार्वजनिक भएपछि सशस्त्रमा हलचल

रौतहट। नेपाल-भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा खटिएको सशस्त्र प्रहरीभित्र सार्वजनिक भएको एक अडियोले संगठनभित्र तरंग उत्पन्न गरेको छ। बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सशस्त्र प्रहरीले घटनाको छानबिनलाई तीव्र बनाएको हो। घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको छ। साथै प्रस्तावित भन्सार गुल्म…