‘नेपाली ब्रो’ को बयानः अर्कैसित प्रेममा थिएँ, घाँटी रेटेर श्रीमतीको हत्या गरेँ

काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गर्दै कानुनबमोजिमको सजाय भोग्न तयार रहेको बयान दिएका छन्। उनले अनुसन्धानका क्रममा दिएको बयानमा आफूले धारिलो चक्कुले श्रीमतीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका हुन्। बयानअनुसार नेपाली सेनामा कार्यरत रहँदा ईश्वरी भुजेलसँग चिनजान भई प्रेम विवाह भएको थियो। केही वर्षपछि सेनाको…