बाँकेमा गोली प्रहार गर्दै चार जना लागुऔषध कारोबारी नियन्त्रणमा

बाँके । बाँकेमा प्रहरीले गोली प्रयोग गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ क्षेत्रमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २२ वर्षीय अमन साह र २६ वर्षीय भाइजन अन्सारी छन्। साथै, भारतको बहराइच रुपैडिया थाना क्षेत्रका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार समेत समातिएका छन्। लागुऔषध नियन्त्रण ब्युरो…