काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोट भएर रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले 'सेन्टिनेल' उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको हो । विभागका बाढीविद् विनोद पराजुलीले 'सुप्राग्लेशियल' ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ल्हेन्दे खोलाको…