पहिरो र बाढीका कारण मुख्य राजमार्ग प्रभावित: कहाँ पूर्ण ठप्प, कहाँ एकतर्फी ?

काठमाडौं । बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार भदौ ३१ गते बिहान ६ बजेसम्मको विवरणअनुसार विशेषगरी बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका हुन्। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी) मा १० टनसम्मका मालवाहक सवारीका लागि साँझ ७ देखि…