विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पंकी राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्किएका उनीमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरूलाई घुमाउने सोख जागृत भयो । विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीय…