काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई राम नवमीको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले राम नवमी र चैते दसैँको शुभकामना व्यक्त गरेका हुन् । “त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्य पारायणको आदर्श चरित्र मान्दै आएको छ”, प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “प्राचीन…