काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनस्थलमा कालो पोसाक र कालो चस्मा लगाएका युवाहरूको बाक्लो उपस्थिति देखिएपछि सहभागी तथा सर्वसाधारणको ध्यान उनीहरूप्रति आकर्षित भएको छ । तलदेखि माथिसम्म कालो ड्रेस र कालो चस्मामा सजिएका हट्टाकट्टा युवाहरू वास्तवमा चितवनस्थित एक निजी सुरक्षा कम्पनीका सुरक्षाकर्मी रहेको खुलेको छ । उनीहरूलाई ‘गढी सेक्युरिटी’ कम्पनीले महाधिवेशनस्थलको…