यौन हिंसा सम्बन्धी कानुन सुधारमा जोड, ‘प्राईमा फेसी’ नाटकपछि गहन बहस

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय का सचिव पाराश्‍वर ढुङ्गाना ले यौन हिंसा सम्बन्धी कानुन निर्माण गर्दा साक्षी परीक्षण र व्यावहारिक अनुभवलाई आधार बनाइनुपर्ने बताएका छन्। आइतबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको कार्यक्रममा उनले विद्यमान कानुनलाई अझ प्रभावकारी बनाउन समाज, न्याय प्रणाली र नीति निर्माण तहबीच समन्वय आवश्यक रहेको…