काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरिएको छ । आपराधिक उपद्रव गरेको कसुरमा दायर मुद्दामा शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्ने व्यक्तिहरूसँग २० रुपैयाँ कर संकलन गर्ने सूर्यविनायक नगरपालिकाको निर्णयविरुद्ध उनले विरोध गर्दै…