एमाले केन्द्रीय सदस्य शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई उच्च अदालत पाटनले बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय डालकुमार खड्का र डिल्लीरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो । उनलाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा १ वर्ष जेल सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । उच्चले…