काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ दधिकोट गडेधारा टोलका झन्डै ३० वटा घर डुबानमा परेका छन् । गएराति ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयवासीको ३० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । मध्यरातिदेखि बस्तीमा पसेकाे पानी धेरैजसो घरको भुइँतलाभित्र चार फिटसम्म पुगेपछि धेरैको बिचल्ली भएको थियो । टोलमा रहेको नौ वटा गाडी र २० वटाभन्दा बढी…