काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो । कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिँदै आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।…