नेपाल सांस्कृतिक महासंघको सल्लाहकारमा नीर शाहसहित पाँच जना

काठमाडौं । नेपाल सांस्कृतिक महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको बुधबार बसेको बैठकले सल्लाहकारमा शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईं र गायक कृष्णसुधा ढुंगाना मनोनयन गरेको हो । बैठकले महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको…