हुण्डी कारोबारमा संलग्न दुई जना अनामनगरबाट पक्राउ

काठमडौं । हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र काठमाडौं नयाँबस्तीका ३० वर्षीय विश्वास राई छन् ।  प्रसाईंको अनामनगरस्थित घरबाट अवैध हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएका सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ३० लाख…