राप्ती बस दुर्घटना : १२ जनाको मृत्यु, ८ जनाको सनाखत

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । मृतकमध्ये हालसम्म ८ जनाको सनाखत भएको छ । मृतकहरूमा बाँकेका ६० वर्षका कुसुम बस्नेत, ३० वर्षका रामवरण हरिजन, जुम्ला श्रीढुङ्गाका ४० वर्षका मुनबहादुर राउत, मकवानपुर हेटौडाका ३९ वर्षका शौरभ विष्ट, रुकुमको साविक…