काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाट फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले जानकारी दिएका छन । भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले जानकारी दिएका छन…