काठमाडौँ । माघे संक्रान्तिको अवसरमा काठमाडौँको टुँडिखेलमा माघी महोत्सव हुने भएको छ । थारु राष्ट्रिय माघी महोत्सवले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी माघ १ गते टुँडिखेलमा माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महोत्सवका संयोजक प्रेमिलाल चौधरीले ‘थारु संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा…