टीकापुर । भूमिहीन सुकुमबासीहरुले कैलालीको टीकापुर नगरपालिका घेराउ गरेका छन् । सुकुमबासीलाई निस्सा वितरणमा ढिलाइ गरेको भन्दै आन्दोलित भएका टीकापुर वडा नं. १ का भूमिहीन सुकुमबासीहरुले टीकापुर नगरपालिकाकाे केन्द्र घेराउ गरेका हुन् । शुक्रबारदेखि तत्काल निस्सा वितरण गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका भूमिहीन सुकुमबासीहरुले नगरपालिकाले मागको सुनुवाई नगर्दै ताला खोलेको भन्दै आइतबार घेराउ गरेका…