एक युवकको हत्या, अर्का घाइते

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । हत्या गरिएको अवस्थामा मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको…