नागरिकताविहीन सङ्घर्ष समितिका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं । नागरिकताविहीन सङ्घर्ष समितिका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलामा भइरहेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । नागरिकताविहीनहरुलाई यथाशीघ्र नागरिकता दिनुपर्ने माग गर्दै केहीदिन अघिबाट माइतीघर मण्डलामा प्रदर्शनकारीले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका छन् ।…